FLASH NEWS
- Loading...
अरे यार मेरो धड्कन मेरो स्पन्दनमा,
- गोल्डेन खबर
- ३ महिना अघि
- १२३ पटक पढिएको

जुन जस्तै तिमी फुल जस्तै तिमी,
कन्चन छहराको मुल जस्तै तिमी।
निर्मल स्वच्छ सफा हराभरा प्रकृतिमा,
उम्रेको मुलमा बुलबुल जस्तै तिमी।।
भेट्न पनि देख्न पनि भयो मुस्किल,
मेरो लागि काकाकुल जस्तै तिमी।।
भगवानले फुर्सदमा बनाएको हुनुपर्छ,
उपहारमा दिने पानफुल जस्तै तिमी।।
अरे यार मेरो धड्कन मेरो स्पन्दनमा,
चन्चलताको चुलबुल जस्तै तिमी।।
सभ्य उस्तै सुशील उस्तै बयान के गरु,
संसारमा एक असल कुल जस्तै तिमी।।
सर्वाधिक अधिकार
गजल ‘ कृष्ण बहादुर बुढा आकाश ‘
प्रतिक्रिया दिनुहोस