FLASH NEWS
  • Loading...

थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १९

  • गोल्डेन खबर
  • १ साल अघि
  • २३६ पटक पढिएको
थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १९

काठमाडौं  थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ६६७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २१७ र एन्टिजेनबाट ४५० नमुना परीक्षण गर्दा पीसीआरबाट २ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित