FLASH NEWS
  • Loading...

परिवर्तन गर्ने अठोटका साथ संगिता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail

 

भनिन्छ मानिस सबैको एउटै जात हुन्छ । तर जाजरकोटको पैक गाविसको कथा अनौठो थियो । त्यहाँको अधिकांश स्कुलमा विद्यार्थी विद्यार्थी विच जातीयताको आधारमा प्रष्ट भेदभाव देखिन्थ्यो । खाजा खाने समय हुन्थ्यो । सब जना खाजाको प्रतिक्षामा हुन्थे । खाजा तयार पनि हुन्थ्ये । तर खाने बेलामा जातीयताका आधारमा विद्यार्थीले खाजा खान्थे । पहिले बाहुन, क्षेत्रीका छोराछोरी खाजा खान जान्थे । उनीहरुले खाजा खाएपछि जानजातीका छोराछोरी खाजा खान पुग्थे र अन्त्यमा दलितका छोराछारीले खाजा खान्थ्ये ।
यो कुराले जाजरकोट, पैक गाविस-७ की संगिता थापा मगरको मनलाई नराम्ररी हल्लायो र उनले अठोट गरिन् । अब यस्तो भेदभावपर्ूण्ा समाजलाई परिवर्तन गरी छोड्छु । उनी संग त्यसको बारेमा लड्ने हतियार पनि थियो । त्यो हतियार भनेको उनले आर्जन गरेको उनको परिचय । संगिताले स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना -साल्ज०ले दिएको सामाजिक स्वयमसेवक र स्थानीय पत्रकारको तालिम पश्चात आफ्नो नौलो परिचय बनाउन सफल भएकी थिईन् । यो परिचयले उनलाई गाउँमा केहि गर्नुपर्छ भन्ने जिम्मेवारी बनाएको थियो । यही जिम्मेवारीलाई मनन गर्दै संगिताले स्कुलबाट छुवाछुत प्रथालाई हटाउन कोशिश गरिन् । उनको कोशिश सफल पनि भयो । यसबाट उनी हौसिईन र अरु समाजका विकृति समेट्न थालिन् ।
उनले गाउँका साङका प्राथमिक विद्यालय, महादेव प्ा्रावि, जनकल्याण प्रावि र मस्ता प्राविबाट यस्तो छुवाछुत प्रथा हर्टाईसकेकी छिन् । तर गाँउका अरु स्कुलहरुमा उनी जान नसक्दा केहि भेदभाव कायम छन् की भन्ने उनमा लागेको छ । साल्जले दिने सामुदायिक स्वयम सेविका र स्थानिय पत्रकारको लागी एउटा एसएलसि पास युवतिको आवश्यकता थियो । तर सो गाविसमा कुनै पनि महिलाले एसएलसी पास नगरेको भएपछि ,उनले जातीयताको आधारमा जनजाति कोटाबाटे सो तालिम लिने अवसर पाएकी थिई ।
तालिमको सुरुको दिन उनी अन्यौलमै परिन् । तर पछि उनले तालिममा धेरै कुरा बुझने मौका पाईन् । यसै तालिमबाट उनले जीवन परिवर्तन भएको आभाष पाईन् ।
तालिम अगाडी उनको दिन घाँस दाउरा र घरको काममा नै वित्थ्यो । तर तालिम पछाडी उनको दिन वस्ती र समाजको लागी वित्न थालेको छ । उनी भन्छिन् , ‘ पहिले गाउँमा कति रकम आउथ्यो थाहा नै हुदैनथ्यो, गाविस र नेताहरुले खान्थ्ये ।,
तर उनले सुशासन सम्बन्धि तालिम लिएपछि उनले गाविस परिषद्, उपभोत्ता मन्च, र्सार्वजनिक सुनवाई जस्ता आदी कुरा जानिन् । उनले बुझिन त्यो पैसा भनेको गाउँलेको हो र यसमा पहिलो अधिकार गाउँलेको हुन्छ । अनि उनले र्सवप्रथम यो कुरा गाउँलेलाई बुझाईन् । उनले नागरिक सचेतना केन्द्रको भेलामा सामाजिक स्वयम सेविकाको रुपमा कक्षा संचालन पनि गर्न थालिन् र यस्ता कुरा सिकाउन पनि थालिन् । उनको तालिममा प्रस्तावना फारम पनि भर्न सिकेकी थिईन् । त्यसैलेे गाउँको आवश्यकता हेरि विशेष गरि दलित र जनजातीलाई समेटेर १४ वटा प्रस्तावना फारम पनि भरिन् । त्यसमा १२ वटालाई पास गर्न सफल भएकी छिन् । उनी महत्वकोे आधारमा योजना फारम भर्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘ गाउँमा पानीको निकै अभाव छ, त्यसैले यसलाई महत्वको रुपमा राखेको छु ।, उनकै पहलमा गाउँमा सिँचाईको लागी कुलो बनाईयो ।
उनलाई अहिले परिवर्तन गर्न जरुरी क्षेत्र भनेको शिक्षा नै लागीरहेको छ । सरकारले निशुल्क शिक्षा भनेपनि विद्यालयहरुले कुनै न कुनै वाहनामा शुल्क लिने गरेको उनी बताउँछिन् । उनले यस बारेमा समाचार लेखिदिन्छु भनेकी थिईन् विद्यालयका शिक्षकहरुलाई । तर उनलाई समाचार नबनाउ बरु त्रि्रो बहिनीलाई सित्तैमा पर्ढाई दिन्छु भन्छन् । उनी भन्छिन्, ‘म गाउँकी स्वयमसेविका हुँ, त्यसैले आफ्नो भन्दा गाउँको बारेमा सोच्छु ।
नेपाल सरकारले ५ देखि १० कक्षा सम्म निशुल्क पुस्तकको व्यवस्था गरेको भए पनि विद्यालयले २ सय ५० देखि ३ सय रुपैयाँ दिने र अरु पैसा विद्यार्थी आफैले तिर्नुपर्ने हालको अवस्था छ । त्यसैले अहिले उनको मिसन भनेको यो व्यवस्थामा सुधार गरेर एउटा नमूना गाउँ बनाने छ ।
उनी सामाजिक स्वयमसेविका र स्थानिय पत्रकार भएदेखि गाउँलेले पनि उनीबाट धेरै आशा गरेका छन् र खुशी पनि छन् । गाउँलेले उनलाई विवाह नगर्ने सल्ल्ााह दिएका छन् । उनीहरु भन्छन्, ‘विवाह नगर, हामी पाल्छौ तिम्लाई ।, उनको चार दिदी बहिनी र आमाबा मात्र छन् । उनको दाजुभाई नभएकोले पनि गाउँलेले निराश नहुन सल्लाह दिदै यसो भनेका हुन् । अहिले गाउँमा जादाँ विशेष गरि दलितका बच्चा र उनीहरुका अभिभावकले धेरै माया गरेको उनले पाएकी छिन् । हामीलाई भेदभावबाट छुटाउनु भयो, सबैलाई बराबर गर्राईदिनु भयो भन्दै खुशी हुन्छन् ।
अहिले उनलाई विशेष गरी स्वयमसेविकाको रुपमा नै बढी चिन्ने गरेका छन् । कहि झगडा भयो, कहि केहि समस्या पर्‍यो भने उनी कहाँ नै आउने गरेका छन् । यी सबै कुरा सकेसम्म उनी आफै मिलाउछिन् भने नसकिको बेला गाउँमा मिटिङ बसालेर पनि समस्या सुल्झाउने गरेकी छन् ।
उनले समाजमा सुधार ल्याउन पर्ने धेरै कुरा देखेकी छन् र त्यसको लागी उनी पहल गर्दै पनि छिन् । तर कबनिउ बन्द हुने भने देखि उनी अलि चिन्तित छिन् । उनी भन्छिन्, ‘संस्थाले नै गाँउको समस्यामा प्रस्तावना लेख्न लगाउँथ्यो, संस्थाले नै अगाडी बढ्न सिकाएको थियो । तर खैँ अब हाम्रो भविष्य के हुने हो -, । भर्खरै मात्र सपना देख्न थालेकी संगितालाई आफ्नो सपना अधुरोमा टुङेला भन्ने चिन्ताले सताउन थालेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित