FLASH NEWS
  • Loading...

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १३१ पटक पढिएको
सोलुखुम्बुमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन

सोलुखुम्बु, ३० चैत । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रमुख अतिथि मिग्युल मङ्गलबार काठमाडाँै आइपुग्नुभएको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घका केन्द्रीय अध्यक्ष डिबी रानापालले जानकारी दिनुभयो । मिग्युलसँगै विभिन्न देशका १७ जना प्रतिनिधि काठमाडाँै आइपुगेका र अन्य प्रतिनिधि आउने क्रम जारी रहेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत विभिन्न देशका प्रतिनिधिले भाग लिनेभएका छन् । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको रानापालले बताउनुभयो । सोलुखुम्बुलाई खेलकुदका क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउन सो सम्मेलन पत्तालेमा आयोजना गरिएको र सम्मेलनले खेलसँगै नेपाली पर्यटनमा सकारात्मक सहयोग पु¥याउने विश्वास रानापालले व्यक्त गर्नुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृश्यावलोकनका साथमा हिमाली रहनसहन, संस्कृतिका बारेमा बुझ्न र बुझाउनसमेत सम्मेलनबाट सहयोग पुग्ने रानापालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित