FLASH NEWS
  • Loading...

बाजुरामा फेरी भूकम्पको धक्का

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ६२ पटक पढिएको
बाजुरामा फेरी भूकम्पको धक्का

काठमाडौं। गए राती बाजुरामा फेरी भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बुढीगङ्गा नगरपालिकाको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत वर्ष माघ १० गते जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

त्यसै गरी गत वर्षको वैशाख १५ गते गौमुलको दहकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको थियो । गत वर्ष माघ गएको भूकम्पले जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका ,रुम्दी, नाटी खोला लगायत टोलमा २३ वटा घर भत्काएको थियो ।

गत वर्षको वैशाख १५ गते गएको भूकम्पले गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदह लगायतका गाउँपालिका गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित