FLASH NEWS
  • Loading...

वीरगञ्जका व्यवसायीहरु लकडाउन खोल्नु पर्ने माग गर्दै सडकमा उत्रिएका छन्

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ६४ पटक पढिएको
वीरगञ्जका व्यवसायीहरु लकडाउन खोल्नु पर्ने माग गर्दै सडकमा उत्रिएका छन्

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनको विकल्प खोज्न माग गर्दै वीरगञ्जका व्यापारीहरु सडकमा उत्रिएका छन् ।

सामाजिक दूरी कायम गर्दै सोमबार साँझ व्यापारीहरुले घण्टाघरदेखि महावीर स्थानसम्म मुख्य सडकको दायाँ बायाँ विभिन्न प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ६९ औं दिन पुगेको हुनाले व्यापार प्रभावित भएको भन्दै व्यापारीहरु लकडाउनको विकल्प खोज्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

व्यापारीहरुले सरकारविरुद्ध नारा लगाउँदै साना तथा मझौला व्यापारीहरुको राहत उपलब्ध गराउन माग पनि गरेका छन् । लकडाउनले गर्दा व्यापार ठप्प भई आजित बनेका व्यापारीहरुले आक्रोश पोख्दै आ–आफनो हातमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले “सानो र मझौला व्यापारीको लागि राहतको घोषणा गर, बैंक ब्याज, बिजुली र करमा छुट गर, सधै यसरी बसेर नेतालाई मात्र पुग्छ, नागरिकलाई पुग्दैन, बिना नीतिको लकडाउँन स्वीकार्य छैन” लगायतका प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित