FLASH NEWS
  • Loading...

जुस सर्किएर बालकको मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४८ पटक पढिएको
Post Thumbnail

झापा, ७ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ ।

शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित