FLASH NEWS
  • Loading...

अब ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुल्ने

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ५२ पटक पढिएको
अब ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुल्ने

काठमाडौँ । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खोल्ने व्यवसायीहरुले घोषणा गरेका छन्।

बिहीवार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएका हुन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनी परिधिमा रहेर चौबीसै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन्।

दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रूपमा चलायमान र थप रोजगारी सिर्जना हुने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले बताउनुभएको छ ।

उहाँले अहिले ठमेलमा मात्रै ८ हजारभन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताउनुभयो । यस्तै पर्यटकले २४ सै घण्टा ठमेलमा घुम्न, बस्न, खान सक्ने अनुभूति गर्ने पनि बताउनुभएको छ ।

स्थानीयको बसोवास भएकाले ठमेल भगवान बहाल क्षेत्रभित्र भने १० बजेदेखि ६ बजे मात्रै व्यवसाय चलाउन पाइने जनाए।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिब २ सय व्यवसायी रहेको र ७ हजारभन्दा बढीले रोजगारी पाएको बताए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित