FLASH NEWS
  • Loading...

आगलागीमा जलेर एक महिलाको मृत्यु

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ४२ पटक पढिएको
आगलागीमा जलेर एक महिलाको मृत्यु

काठमाडौं । धनुषाको हंसपुर नगरपालिका-१ भगवानपट्टीमा आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार सोमबार दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।

प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएपछि जलेको अवस्थामा उनको शव भेटिएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित