FLASH NEWS
  • Loading...

असार ९ गतेको निर्वाचन एमालेलाई अमान्य

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ३७ पटक पढिएको
Post Thumbnail


काठमाडौं—नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुस्लिम धर्मावलम्बीको इदउल–फित्र पर्वका अवसरमा आगामी असार ९ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन एमालेलाई मान्य नहुने बताएका छन् ।
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको काठमाडौंबाट स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयी सभालाई मंगलबार सम्बोधन गर्दै उनले मुस्लिम धर्मावलम्बीका पर्वको अवसरमा गरिने भनिएको स्थानिय तह दोस्रो चरणको निर्वाचन आगामी असार ९ गते गरिएमा एमालेलाई सो निर्वाचन मान्य नहुने बताए । उनले पर्वको समयमा मुस्लिमहरु व्यस्त रहने र सो अवसरमा मतदान गर्न गाहे हुने हुनाले सो मिती आफुलाई मान्य नहुने उनले बताए । उनले भने , ‘विशेष पर्व, बर्खाको समय, मतदाता कसरी मतदानस्थलसम्म जाने ? पानीमा मतपत्रको सुरक्षा कसरी गर्ने ।’
अध्यक्ष ओलीले भरतपुरमा घटेको घटना सुनियोजित भएको भन्दै भने, ‘आफूले हार्ने भएपछि योजनाबद्ध रुपमा वाइसिएल लगाएर मतपत्र च्यातिएको हो, त्यहाँ फेरि निर्वाचन गराउन सम्भव छैन ।’
अध्यक्ष ओलीले एमालेलाई सरकारको हतारो नभएको र तीन वटै निकायको निर्वाचन सम्पन्न भएपछि मात्र यसवारे सोच्न सक्ने बताउँदै सरकारले प्रदान गर्ने तक्मा र विभूषणलाई पनि अपमान गर्ने कार्य गरेको आरोप लगाए । नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएर अवकाश लिनुपर्ने अवस्थाको सिर्जना गर्नु ज्यादै दुःखद कुरा भएको उनले बताए ।
अध्यक्ष ओलीले काठमाडौं महानगरपालिकामा राम्रो काम गर्ने समूह आएको र यसले ५ वर्षसम्म भ्रष्टाचारको छिटासमेत नलाग्ने गरी सिंगो महानगरको विकास र समृद्धिका लागि काम गर्न सुझाव दिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले निर्वाचन जितेपछि ठूलो जिम्मेवारी महसुस भएको उल्लेख गर्दै आफूले मतदाताको विश्वास नगुमाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बोल्ने बेला नभई काम गरेर देखाउने बेला भएको भन्दै काठमाडौंलाई हेर्न मात्र हैन, बस्न लायक सुन्दर सहर बनाउने संल्कप गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित