FLASH NEWS
  • Loading...

बाबुरामको प्रश्नः सरकार ‘बिरालो बाँधेर श्राद्ध गरेझैं’ प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४७ पटक पढिएको
बाबुरामको प्रश्नः सरकार ‘बिरालो बाँधेर श्राद्ध गरेझैं’ प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताउनुभएको छ ।

उहाँले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दबाब दिनुपर्ने पनि बताउनुभएको छ । फेसबुक र ट्वीटरमा उहाँले बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ? भनि प्रश्न गर्नुभएको छ ।

जानीबुझी प्रमाण नष्ट गर्नु अपराध भएको भन्दै दोषीलाई कडा बारवाही गर्नुपर्ने बताउनुभयो । डा. भट्टराईले प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत अपराधी पत्ता लगाउन दबाब जारी राख्नु पर्नेमा जोडदिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित