FLASH NEWS
  • Loading...

मधेस प्रदेशसभाको बैठक कांग्रेसद्वारा बहिस्कार

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ४३ पटक पढिएको
मधेस प्रदेशसभाको बैठक कांग्रेसद्वारा बहिस्कार

काठमाडौँ । प्रदेशसभा बैठक विधिसम्मत ढंगले नचलाइएको भन्दै नेपाली कांग्रेसले मधेस प्रदेशसभाको बैठक बहिस्कार गरेको छ ।

कांग्रेसको विरोधका बिच मुख्यमन्त्री सरोज कुमार यादवले विश्वाको मतसम्बन्धी प्रस्ताव अघि बढाएका छन् ।

यसअघि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सत्ता पक्षका सांसदको हस्ताक्षर गराएको बताइएको छ ।

उनका अनुसार ले ५ घन्टा भएको संसद् अवरोधका बिचमा सत्ता पक्षका सांसदको हस्ताक्षर गराएर संसद् बैठक सुचारु गरेको प्रदेश सांसद श्याम पटेलले बताएका छ ।

सभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदको हस्ताक्षर गराएर संसद् चलाएपछि कांग्रेससँगै जनमत पार्टी र लोसपाले पनि संसद् बैठक बहिस्कार समेत गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित