FLASH NEWS
  • Loading...

अधिनायकवाद विरुद्ध सशक्त आन्दोलनको तयारीमा रहन तरुण कार्यकतालाई महासचिव शाहीको निर्देशन

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५२ पटक पढिएको
अधिनायकवाद विरुद्ध सशक्त आन्दोलनको तयारीमा रहन तरुण कार्यकतालाई महासचिव शाहीको निर्देशन

बेलायतः नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेलाई अझ शक्तीशाली बनाउन देश तथा विदेशमा रहेका सम्पूर्ण कार्यकर्ता सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् ।

तरुण दलको ६५औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेस जनसम्पर्क समिति बेलायतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले वीपी कोइरालाले स्थापना गरेको तरुण दल आज यो अवस्थासम्म आइपुग्दा यसले धेरै आरोह–अवरोह पार गरेको बताए । शाही नेपालमा सधैँभरी सासन चलाउँने सपना देखेका कम्युनिष्टहरु पनि विस्तारै पतन हुने दिनगन्ति सूरु हुँदै गएको बताए ।

नेपाली कांग्रेसका महासमिति सदस्य र पूर्व नेविसंघका उपाध्यक्ष समेत रहेका शाहीले कांग्रेसको महासमिति बैठकपछि पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा थप बल मिल्ने उल्लेख गरे ।

उनले राणा र राजासँग नडराएको कांग्रेस कम्युनिष्टहरुसँग कुनैपनि हालतमा नझुक्ने बताउँदै ओली र प्रचण्डहरुलाई आउँदो निर्वाचनमा जनताले नै पाखा लगाउने दावी गरे ।

उनले देश बिदेशमा रहेका सम्पुर्ण कार्यकर्तालाई कम्युनिस्ट अधिनायकवादका विरुद्ध अब सशक्त आन्दोलनको तयारीमा रहन पनि अपिल गरेका छन् ।

उनले जनसम्पर्क समितिका पदाधिकारीहरुलाई पजातान्त्रीक विचारमा कहिल्यै नहार्ने पार्टी कांग्रेसलाई एकताबद्ध बनाएर लैजानका लागि सवै साथिहरुलाई मिलाएर जनसम्पर्क समितिमा आवद्ध बनाउनुपर्नेमा जोड दिए ।

दुई साताका लागि शुक्रबार बेलायत गएका शाही नेपाली कांग्रेस जनसम्पर्क समिति र एनआएनएले आयोजना गरेको कार्यक्रमा आजपनि व्यस्त छन् । बेलायत रहँदा उनले विभिन्न कार्यक्रममा सहभागीता जनाउनुको साथै युवा कार्यकर्तालाई प्रशिक्षण समेत दिइनेछ ।

गोल्डेन खवर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित