FLASH NEWS
  • Loading...

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ४५ पटक पढिएको
सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

काठमाडौँ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको स्वीच थिचेर ब्रेक थ्रु भर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ ।

आयोजनाका अनुसार बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित