FLASH NEWS
  • Loading...

एनआइसी एसियाबैंकमा तोडफोड

  • गोल्डेन खबर
  • २ हप्ता अघि
  • ४८ पटक पढिएको
एनआइसी एसियाबैंकमा तोडफोड

काठमाडौं । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ।

शनिवार राति बैंकको मूलढोका फोडेर भित्र ९ः२१ बजे एक जना व्यक्ति बैंकभित्र गएको बैंकको सिसि क्यामेरामा देखिन्छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ।

बैंकमा १ जना मात्र सुरक्षाकर्मी भएको र उसको डिउटी राति ८ बजेसम्म मात्र भएकाले त्यही मौका छोपी अज्ञात समूहले बैंकको मूल ढोका फोरेको देखिन्छ।

प्रहरीले दिएको जानकारीअनुसार बैंकको ढोका फोरेर सुरक्षागाले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ती बजार घुमिरहन मानसिक अबस्था ठीक नभएको जस्तो देखिने एक युवा भएको र उसको खोजी भइरहेको छ।

प्रहरीका अनुसार ढोका फोर्ने र जुत्ता खुकुरी चोर्नुबाहेक अन्य कुनै क्षति गरेको नदेखिएको पनि देखिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित