FLASH NEWS
  • Loading...

कर तिर्न द्विविधा मान्न पर्दैन हाम्रै सुविधाका लागि हो : प्रधानमन्त्री

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५० पटक पढिएको
कर तिर्न द्विविधा मान्न पर्दैन हाम्रै सुविधाका लागि हो : प्रधानमन्त्री

काठमाडौं । सातौं राष्ट्रिय कर दिवस शनिबारबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका दिवस मनाउन लागिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्न नपर्ने उल्लेख छ।

राज्यले उपलब्ध गराउने सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि भएकाले हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुनुपर्ने शुभकामना सन्देशमा छ ।‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रधानमन्त्रीका अनुसार आमजनताको दैनिक जीवनस्तर उकास्न वर्तमान सरकार प्रतिबद्ध छ । सरकारले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा पनि सफलता प्राप्त गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । उत्साहजनक रुपले राजश्व संकलन भइरहेको बताउँदै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा संकल्प पूरा गर्ने दृढता व्यक्त गरेका छन् ।
प्रराज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि हो । तसर्थः हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने उनको जोड छ ।

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित