FLASH NEWS
  • Loading...

सन्दीप लामिछानेको मुद्दामा आज पेशी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४५ पटक पढिएको
सन्दीप लामिछानेको मुद्दामा आज पेशी


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार आरोप मुद्दामा आजलाई पेशी तोकिएको छ।

क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । लामिछानेविरुद्धको मुद्दामा अदालतले आइतबारका लागि पेशी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएको अदालत स्रोतले जानकारी दिएको छ ।

यसअघि पेशी सरेको लामिछानेविरुद्धको मुद्दामा आज भने सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नआउँदा मुद्दाको सुनुवाइ सरेको थियो।

लामिछानेविरुद्धको मुद्दामा न्यायाधिशहरुबीच गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै सुनुवाइ शुरु हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित