FLASH NEWS
  • Loading...

फेरी घट्यो सुनको मूल्य, तोलाको कति हेर्नुहोस्

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • १७३ पटक पढिएको
फेरी घट्यो सुनको मूल्य, तोलाको कति हेर्नुहोस्

काठमाडौं –  नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सयले गिरावट आएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज तोलामा १० रुपैयाँले घटेर चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम भएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित