FLASH NEWS
  • Loading...

थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्छः अर्थमन्त्री

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १४५ पटक पढिएको
थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्छः अर्थमन्त्री

काठमाडौं— अर्थमन्त्री डा। प्रकाशशरण महतले थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनु पर्ने बताएका छन् । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम सो कुरा बताएका हुन् ।

उनले ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित समूहले फाइदा लिने गरेको भन्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिए । सेयर बजारमा खेल्ने समूहले करको कुरा उठाएर फाइदा लिएको उनको भनाइ छ । त्यस समूहले बजारमा सेयरका विषयमा भ्रम सिर्जना गरेको र यो हुन नदिन आफू दृढ रहेको पनि उनले बताए । बजेटमा आफ्नो स्वार्थ नपरेकाले अहिले कतिपय असन्तुष्ट रहेको उनको टिप्पणी छ । बजेटले व्यवसायीलाई मर्कामा नपारेको जिकिर उनले गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित