FLASH NEWS
  • Loading...

अमेरिकी हस्तक्षेप रोकिएन भने नेपाल नरहन सक्छ: विप्लव सी

  • गोल्डेन खबर
  • ७ महिना अघि
  • ९६ पटक पढिएको
अमेरिकी हस्तक्षेप रोकिएन भने नेपाल नरहन सक्छ: विप्लव सी

 

 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी हस्तक्षेप जसरी पनि रोक्नुपर्ने बताएका छन् । नेकपा काठमाडौं उपत्यका व्युरोसहित तीन वटा व्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीति तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले अमेरिकी हस्तक्षेप जसरी पनि रोक्नुपर्ने बताएका हुन् ।

 

अमेरिकी हस्तक्षेपलाई समयमै रोक्न नसके नेपाल देश नै नरहने भन्दै त्यसका लागि समयमै कम्युनिस्ट पार्टीले पहलकदमी लिनुपर्ने बताए । ‘अमेरिकी हस्तक्षेप नरोक्ने हो भने नेपालै नरहने खतरा छ । नेपाललाई तहस नहस पार्न अमेरिका विभिन्न तरिकाबाट नेपाल आएको छ ।’, उनले भने, ‘एमसीसी एउटा पाटो हो । उ विभिन्न बहानामा नेपाल आउँदै छ । उसले युद्ध लिएर आउँछ, जनतालाई विखण्डन पार्न विभिन्न खालका नाराहरु दिन्छ । हामी यसमा सचेत हुनुपर्छ र यसका विरुद्ध निर्णायक संघर्ष गर्नुपर्छ ।’

अमेरिकाले चीनलाई घेर्न नेपालको प्रयोग गर्ने रण्नीति बनाएको बताउँदै नेपाली जनताको विद्रोहबाट त्यसलाई रोक्नुपर्ने उनको तर्क थियो । ‘अमेरिका कुनै पनि देशमा कम्युनिस्टलाई देखि सहदैन । नेपालमा पनि उसको रणनीति कम्युनिस्ट सिध्याउने, नेपाली भूमि चीनका विरुद्धमा प्रयोग गर्ने र नेपाललाई युक्रेन बनाउने छ ।’, उनले भने, ‘हामी कम्युनिस्टहरुले यसको सचेत पहल कदमी लिएर अमेरिकाका विरुद्धमा लड्नुपर्छ ।’

विप्लवले अमेरिका विरुद्धमा लड्दा कुनै देशले सहयोग गर्न चाहे उनीहरुको सहयोग पनि ग्रहण गर्ने बताए । ‘हामी अमेरिकासँग स्वाधिनताको लडाई लड्ने तयारीमा छौं । हामीलाई कसैले सहयोग गर्छ भने उनीहरुको सहयोग लिन्छौं ।’, अमेरिकाको हर्कदका विरुद्धमा आक्रोसित हुँदै विप्लवले भने, ‘अमेरिका युक्रेनबाट भागेर एसियामा द्वन्द चर्काउन खोज्दैछ । त्यही भएर हामीलाई सहयोग गर्ने देशहरुबाट सहयोग लिन्छौं ।’

आफ्नो पार्टीले लघुवित्त, मिटरव्याजीका विरुद्धमा संघर्ष गर्दा हजारौंको ज्यान जोगिएको जिकिर गर्दै यसका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने बताए । ‘हाम्रो पार्टीले लघुवित्त, मिटरव्याजी, कालोबजारीका विरुद्धमा संघर्ष गर्दा हजारौं जनताको ज्यान जोगिएको छ । उनीहरुको पक्षमा बोलिदिदा मात्रै हजारौंले आत्महत्या गर्नबाट रोकिएको छ ।’, उनले भने, ‘मान्छे आत्महत्या गर्नबाट एक दिन रोकियो भने अर्को तरिकाले सोचिहाल्छ । बाँच्यो भने विकल्पहरु सोच्न सकिन्छ भन्ने म्यासेज हामीले दिन सफल भयौं । अहिले हामीलाई उहाँहरुको साथ छ ।’

नेकपा उपत्यका व्युरो इन्चार्ज तथा पार्टीका पोलिटव्युरो सदस्य कृति सीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा उपत्यका व्युरोसहित पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र जवस मोर्चामा कार्यरत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विकल्प सीले गरेका थिए भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य आजाद सीले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सी, शिलु सी, शुशील सीले प्रशिक्षण मन्तव्य राखेका थिए ।

अतिथिको रुपमा नेकपाका पोलिटव्युरो सदस्यहरु माइला सी, चिरन सी, आस्था सी लगायत थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित