FLASH NEWS
  • Loading...

पाकिस्तानले बनायो नचाहेको रेकर्ड, न्यूजिल्याण्डले जित्यो श्रृखला

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail

20

१४ मंसिर, काठमाडौं । पाकिस्तान टेष्टको फाइनल सेसनमा नौ विकेट गुमाउने पहिलो टोली बनेको छ । र, उसले १३८ रनको हार व्यहोर्दै न्यूजिल्याण्डलाई दुई टेष्टको श्रृखला २-० ले सुम्पिएको छ ।

३६९ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले विना विकेटको क्षतिमा बनाएको १ रनबाट अन्तिम दिनको खेल थालेको थियो । २३० रन जोड्दा सबै विकेट गुमायो ।

भ्रमणकारी टोलीको सुरुवात पनि राम्रो थियो । पहिलो विकेटका लागि समी अस्लम र अहजर अलीले १३१ रनको साझेदारी गरेका थिए । तर, यो साझेदारी टुटेपछि पाकिस्तान यसरी धरासायी भयो कि पछिल्लो २५ ओभरमा उनले ९ विकेट गुमायो ।

नाइल विङनरले ७ बलमा ३ विकेट लिए । र, न्यूजिल्याण्डलाई १९८५ पछि पहिलो पटक पाकिस्तानविरुद्धको सिरिज जिताए ।

पाकिस्तानका लागि समी अस्लमले ९१ रन बनाए भने अहजर अलीले ५८ रन जोडे । सर्फराज महमद १९, बाबर अजम १६ र युनुस खान ११ रनमा आउट भए भने साहिल खानले ८ रन जोडे । महम्मह रिवाज १३ रनमा अविजित रहे । तीन ब्याट्सम्यान शुन्यमै आउट भए ।

पहिलो पारीमा न्यूजिल्याण्डले २७१ रन बनाएको थियो भने पाकिस्तान २१६ रनमा समेटिएको थियो । र, दोस्रो पारीमा न्यूजिल्याण्डले ५ विकेटको क्षतिमा ३१३ रन बनाएपछि पारी समाप्तीको घोषणा गर्दै पाकिस्तान सामू ३६९ रनको लक्ष्य दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित