FLASH NEWS
  • Loading...

पप्पु कन्ट्रक्सनका पूर्व अध्यक्ष रौनियार सहित १२ जना विरुद्ध अख्तियारमा मुद्धा दायर

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५४ पटक पढिएको
पप्पु कन्ट्रक्सनका पूर्व अध्यक्ष रौनियार सहित १२ जना विरुद्ध अख्तियारमा मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य रौनियार, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता नवराज थपलियाले बताए ।

रौनियार प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए । सांसद निर्वाचित भएसँगै उनले अध्यक्ष पद छाडी छोरालाई जिम्मा लगाउनु लागएका थिए ।रौनियार माथि बर्दिया सदरमुकाम गुलरिया र बाराको बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको, पुल बनाउँदा नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको लगायतका कारण देखाउँदै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उहाँविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँसहित विगो र उहाँका छोरा १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दाबी गरी मुद्दा दायर गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित