FLASH NEWS
  • Loading...

मन्त्रीहरुले हस्तक्षेप गरे : सभामुख महरा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४६ पटक पढिएको
Post Thumbnail

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समिति बैठकको निर्णय प्रक्रियामा सरकारका मन्त्रीहरुले हस्तक्षेप गरेको कुरालाई आफूले गम्भीरताका साथ लिएको बताएका छन ।

संसदीय मामिला पत्रकारितासम्बन्धी संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा सभामुख महराले संसदको विकास तथा प्रविधि समितिको निर्णयमा संचारमन्त्रीले हस्तक्षेप गरेको र सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ तोक्न भनेर माग गर्ने सांसदहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सभामुखलाई चिठी लेखेर कारबाही गर्न माग गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका हुन ।

पत्रकारहरूलाई कुनै पनि समितिमा बन्देज नभएको भन्दै सभामुख महराले समिति सभापतिहरू नयाँ भएको र उनीहरूलाई बोलाएर सबै विषयमा छलफल गर्ने बताएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित