FLASH NEWS
  • Loading...

नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५१ पटक पढिएको
नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

शीर्ष नेताको कार्यव्यस्ताका कारण आइतबारको बैठक सोमबार बिहान सम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले स्थगित बैठक सोमबार विहान ८ बजे बस्ने बताए ।

आइतबार अपरान्ह ४ बजे बस्ने भनिएको बैठक ४ बजे नै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सचिवालयले सुचना टाँस गरेर स्थगित भएको जनाएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित