FLASH NEWS
  • Loading...

रामवीरलाई निर्वाचन क्षेत्रबाट लखेट्ने रैथाने नेवार समुदायको चेतावनी

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४६ पटक पढिएको
रामवीरलाई निर्वाचन क्षेत्रबाट लखेट्ने रैथाने नेवार समुदायको चेतावनी

काठमाडौं । वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्रबाट राजीनामा दिने घोषणा गरेपछि काठमाडौँ ७ का सांसद रामवीर मानन्धरविरुद्ध रैथाने नेवार समुदायले निर्वाचन क्षेत्रबाटै लखेट्ने चेतावनी दिएका छन । राजधानीमा बिहिबार भएको मानन्धर गुथिको एउटा धार्मिक कार्यक्रममा रामवीर मानन्धरलाई दिइएको सम्मान फिर्ता गर्ने निर्णय गरिएको छ ।

सम्मान फिर्ताको हस्तलिखित विज्ञप्तिमा रामवीरले आफ्नो स्वार्थका लागि प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणाले आफूहरुको मताधिकारको दुरुपयोग गरेको भन्दै यो क्षेत्रमा पस्न नदिने चेतावनी दिइएको छ ।उनिहरुले मानन्धरका कारण यसक्षेत्रका मानन्धरहरुको मात्र नभएर सम्पूर्ण नेवार जातिको टाउको निहुरिएको बताएका छन् । नेपालभाषामा लेखिएको विज्ञप्तिमा मानन्धर समुदायले दिएको सम्मान खानका उनी उपयुक्त व्यक्ति नभएका फिर्ता गरिएको उल्लेख छ ।
नेवार बहुल क्षेत्रबाट बाहिरका जिल्लाका नेतालाई चुनावमा उठाउने कामले नेवारहरुको अपमान भएको र यसले राजधानीमा नेवार राजनीतिक कार्यकर्ताको भविष्य र सम्भावनालाई धमाधम संकुचित बनाएको टिप्पणी पनि उनिहरुले गरेका छन ।स्थानीयहरुका अनुसार मानन्धर चुनावी मैदानमा खडा हुँदा त्यहाँको मतपत्रमा नेपाली कांग्रेसको रुख चिह्न नै थिएन । कांग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको रुपमा राप्रपाका विक्रमबहादुर थापालाई समर्थन गरेको थियो । नतिजामा ८ हजार मतको अन्तरले थापालाई मानन्धरले पराजित गरेका थिए ।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित