FLASH NEWS
  • Loading...

कर्णाली प्रदेशको विकासमा डटेर लाग्छु : इन्चार्ज जनार्दन शर्मा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४३ पटक पढिएको
कर्णाली प्रदेशको विकासमा डटेर लाग्छु : इन्चार्ज जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् ।

प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेतमा आयोजित एक कार्यक्रममा इन्चार्ज शर्माले प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए ।

कर्णाली विकासको ५र१५र५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको बताए ।योजनाभन्दा कार्यान्वयन र परिणामसमेत महत्वाकाङ्क्षी हुनुपर्नेमा शर्माले जोड दिए ।

कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै उनले अब प्रदेश सरकारले आफैले कर्मचारी भर्ना गर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित