FLASH NEWS
  • Loading...

तरुण दल  विधान परिमार्जन समतिको संयोजकत्वमा : महासचिव शाही

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ७७ पटक पढिएको
तरुण दल  विधान परिमार्जन समतिको संयोजकत्वमा : महासचिव शाही

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले विधान संसोधन तथा परिमार्जनका लागि विधान संशोधन तथा मस्यौदा समिति गठन गरेको छ ।

तरुण दलले महासचिव भुपेन्द्रजंग शाहीको संयोजकत्वमा विधान संसोधन तथा मस्यौदा समिति गठन गरेको हो । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले समितिको संयोजकको जिम्मेवारी दिँदै महासचिव शाहीलाई देशैभरीका तरुण नेता–कार्यकर्ता र माउ पार्टीसँग समन्वय गरेर प्राप्त राय–सुझावका आधारमा विधानको मस्यौदा तयार गर्न निर्देशन दिएका छन् ।

उनले देशको राजनीतिक संघीय संरचना लगायतका विषयमा आधारित रहेर विधान संशोधन र परिमार्जन आवश्यक देखिएकाले समिति गठन गरिएको बताएका छन् ।

विधान संसोधन तथा मस्यौदा समितिका संयोजक महासचिव शाहीले समिति विस्तार गरेर छिट्टै नै विधान संशोधनको काम अगाडि बढाइने प्रतिक्रिया दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित