FLASH NEWS
  • Loading...

सरकारले देश लागि ऐतिहासिक काम गरको छ : प्रचण्ड

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४३ पटक पढिएको
सरकारले देश लागि ऐतिहासिक काम गरको छ :  प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दावी गरेका छन्।

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भईरहेका बेला अध्यक्ष दाहालले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाऊ गरेका हुन्।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले चीनसँग ऐतिहासिक पारबहनसम्बन्धि सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गरेका छन ।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित