FLASH NEWS
  • Loading...

संविधानले दिएका पूरै अधिकार कार्यान्वयन भएन : सभापति देउवा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४७ पटक पढिएको
संविधानले दिएका पूरै अधिकार कार्यान्वयन भएन : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयन हुन नसकेको बताएका छन ।

नेपाल प्रेस युनियन चितवनद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण भएको बताए ।

काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन नपाइनेमा जोड दिए । उनले कुनै पनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित