FLASH NEWS
  • Loading...

नेपाललाई अस्थिर राख्न केही तत्व सलबलाएको गृहमन्त्री थापाको दाबी

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४७ पटक पढिएको
नेपाललाई अस्थिर राख्न केही तत्व सलबलाएको गृहमन्त्री थापाको दाबी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाललाई अस्थिर राख्न चाहनेहरुले फेरि खेल्न खोजिरहेको बताएका छन ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हिजोका पराजित तत्वहरु फेरि द्वन्द्व फैलाउन खोजिरहेको बताए । अहिले हिंसा फैलाएर राष्ट्रलाई नै टुक्र्याउन खोज्ने तत्वहरु रहेको उनको भनाई थियो ।

उनले नेपाललाई समृद्ध हुनबाट रोक्ने तत्व र दुखका कारण चिनेर तिनीहरुलाई निषेध गरेपछिमात्र नेपालीहरु खुशी र सुखी हुने बताए । यसैबीच गृहमन्त्री थापाले नेपालमा महिला हिंसा हुनुको मुख्य कारण मदिरा रहेको बताए ।

७० प्रतिशत महिला हिंसाका घटना मदिराका कारण हुने गरेको भन्दै मन्त्री थापाले त्यसका लागि मदिरा नियन्त्रण गर्नुपर्ने निश्कर्षमा गृहमन्त्रालय पुगेको बताए।

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित