FLASH NEWS
  • Loading...

सोचेअनुसार सरकारले काम गर्न सकेन : प्रचण्ड

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४९ पटक पढिएको
सोचेअनुसार सरकारले काम गर्न सकेन : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न नसकेको बताएका छन ।

नेकपा मध्यपुर थिमि नगर कमिटीद्वारा शनिबानर आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कमजोरी सच्याउँदै राम्रो काम गर्न प्रयासरत रहन बताए ।
उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्न र धूलोमुक्त बनाउन सोचेअनुरुप नसकिएको भन्दै दाहालले आउने नयाँ वर्षसम्ममा यो समस्या समाधान गर्ने दाबी गरे ।

नेकपा नेतृत्वको दुई तिहाईको सरकार बनेपछि नेपालमा आर्थिक समृद्धिको ढोका खुलेको बताउँदै दाहालले सडक, रेल र जलमार्गको कामलाई वर्तमान सरकारले प्राथमिकता दिएर अगाडी बढिरहेको समेत बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित