FLASH NEWS
  • Loading...

विपदबाट हुने मानवीय र आर्थिक क्षतिलाई न्यूनीकरण गर्न गृहमन्त्री थापाको आग्रह

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४८ पटक पढिएको
विपदबाट हुने मानवीय र आर्थिक क्षतिलाई न्यूनीकरण गर्न गृहमन्त्री थापाको आग्रह

काठमाडौं । अन्तर्रा्ष्ट्रिय विपद् व्यवस्थापन दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमा पनि हरेक वर्ष अक्टोबर १३ मा नेपालमा पनि अन्तराष्ट्रिय विपद् व्यवस्थापन दिवस मनाउने गरिन्छ ।

यसै अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले विपद्बाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्न लगानी बढाउन आग्रह गरेका छन्।

गृहमन्त्री थापाले विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबैले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका हुन । सरकारी, गैरसरकारी र निजी क्षेत्रले लगानी बढाउन सके विपदबाट हुने मानवीय तथा आर्थिक क्षेतिलाई न्यूनीकरण गर्दै लैजान सकिने गृहमन्त्री थापाको भनाइ छ।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित