FLASH NEWS
  • Loading...

सामाजिक सद्भाव खलबल्याउने माथी जाइलाग्ने उपप्रधानमन्त्री पोखरेलको चेनावनी

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४९ पटक पढिएको
सामाजिक सद्भाव खलबल्याउने माथी जाइलाग्ने उपप्रधानमन्त्री पोखरेलको चेनावनी

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वामदेव गौतमका लागि काठमाडौं ७ खाली गर्न सांसद रामवीर मानन्धरले अनुमतिका लागि दर्ज गरेको पत्रमाथि पार्टीमा औपचारिक रूपमा कुनै पनि छलफल नभएको बताएका छन ।

नेकपा सचिवालय सदस्यसमेत रहेका मन्त्री पोखरेलले काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक रूपमा प्रवेश नगरेको यस विषयमा अनेक टीकाटिप्पणी गर्नुको कुनै तुक नभएको बताए ।

सरकारले प्रादेशिक संरचनाको निर्माण र कानुन कार्यान्वयनलाई तीव्रता दिएको भन्दै यसले अब गति लिने भएकोले ढुक्क रहन सबैलाई आग्रह गरेका छन । केही समुहले सामाजिक सद्भावमा खलल र्पुयाउने प्रयत्न गरिरहेको भन्दै सामाजिक शक्तिलाई कमजोर बनाउन लाग्नेहरुको खोजी भइरहेको पोखरेलले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित