FLASH NEWS
  • Loading...

कृषिलाई अघि बढाउन सहकारीको आबश्यक : प्रधानमन्त्री ओली

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५१ पटक पढिएको
कृषिलाई अघि बढाउन सहकारीको आबश्यक : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कृषि क्षेत्रलाई अघि बढाउन सहकारीको विकल्प नरहेको बताए। प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकीकरण गर्नका लागि सहकारी भरपर्दो माध्यम भएको उल्लेख गर्दै त्यसलाई नेपालले मौलिक ढंगले लागू गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन ।

शनिबार एक कार्यक्रममा प्रधानमन्त्रीले कृषि क्षेत्रको विकासका लागि सहकारीसम्बन्धी ऐनलाई तर्जुमा गर्दै अघि बढने बताए प्रधानमन्त्री ओलीले सहकारी अभियन्ता केशव बडाललाई राष्ट्रिय,अन्तर्राष्ट्रिय सहकारीसम्बन्धी अनुभवलाई राष्ट्रीयकरण, स्थानीयकरण गर्न पहल गर्न पनि आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले साना(साना पुँजी परिचालन गरेर मुलुकको विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। अनिल पौडेलद्वारा लिखित सो पुस्तकमा बडालले नेपालको सहकारी आन्दोलनमा प्रदान गर्नु भएको नेतृत्वको चर्चा गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित