FLASH NEWS
  • Loading...

कांग्रेस केन्द्रीय समिति बैठक दिउसो २ बजे बस्दै

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ५० पटक पढिएको
कांग्रेस केन्द्रीय समिति बैठक दिउसो २ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसको भ्रातृ संस्था नेविसंघको कार्यसमितिको समयावधि भोलि आइतबार सकिदैछ । यसअघि, दुईवर्षे कार्यकालका लागि संघको ११ औं महाधिवेशन ०७३ भदौमा भएको थियो ।शनिबारको बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय लिने जनाइएको छ ।

नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको थियो । महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थपिदिएको छ । उक्त म्याद यही मंसिर २ गते सकिँदै छ ।केन्द्रीय समिति बैठकमा महासमिति लगायतका समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित