FLASH NEWS
  • Loading...

काँग्रेस पार्टी कार्यालय अगाडि नेविसंघको नाराबाजी

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४६ पटक पढिएको
काँग्रेस पार्टी कार्यालय अगाडि नेविसंघको नाराबाजी

काठमाडौं। दिउँसो २ बजेका लागि बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठक नेविसंघका नेता कार्यकर्ताले चर्को नाराबाजी थालेपछि सुरु हुन ढिलाई भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता कार्यकर्ताले चर्को नाराबाजी थालेपछि बैठक प्रभावित बन्न पुगेको छ ।नेविसंघभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला निकटका नेता कार्यकर्ताले तत्काल महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरिरहेका छन् ।उनीहरुले टीकेप्रथाबाट नेविसंघको नेतृत्व ल्याइन खोजिएको, विधान पारित गर्न ढिलाइगरिएको लगायतमा असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालगायतका नेताहरुविरुद्ध नाराबाजी गरेका हुन्।काँग्रेसको आजको बैठकमा भोलिदेखि नेविसंघ स्वत विघटन हुने भएकाले कसरी अघि बढ्ने भन्नेमै केन्द्रीत रहने बताइएको छ ।

गोल्डेन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित