FLASH NEWS
  • Loading...

दुईतिहाइको आडमा सरकार अलमलमा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ४९ पटक पढिएको
दुईतिहाइको आडमा सरकार अलमलमा

काठमाडौं ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दुई तिहाइको वामपन्थी सरकार अधिक शक्तिका कारण अलमलमा रहेको बताएका छन्। नेता कोइरालाले प्रधानमन्त्री ओली शक्तिको भोको रहेका कारण दिनानुदिन सवै अधिकार आफै लिन खोजको आरोप लगाए।

इलामको माइ नगरपालिकामा निर्माण भएको विपी कोइरालाको शालिक अनावरण गर्दै कोइरालाले बामपन्थी सरकार स्थिर भए पनि शक्ति दुरुपयोगका कारण नेपाली राजनिति अस्थिर भएको बताए।

कोइरालाले प्रधानमन्त्री ओलीले आफनो मर्यादा क्रमलाई विर्सिएर प्रदेश सभामा गएर भाषण दिने गरेको बताए। उनले अहिलेको सरकारले ९ महिना विते पनि प्राकृतिक स्रोत र वितीय आयोग बनाउन नसक्दा राजस्व वाँडफाँडमा समस्या देखिएको बताए। केन्द्रले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगर्दा निरीह रहेको बताए।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित