FLASH NEWS
  • Loading...

हात मिलाएपछि रक्सीले हात धुने तानाशाह

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८९ पटक पढिएको
हात मिलाएपछि रक्सीले हात धुने तानाशाह

एजेन्सी- महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।

सिजस्कुले लगातार २५ वर्षसम्म देशमा शासन गरे र यस्तो सम्म गरे की उनको डरबाट न मानिसहरु उनको बिरुद्धमा केही बोल्थे न त मिडिया नै । उनले आफ्नो इतिहास बनाउन प्रयास त गरे तर आज रोमानियाको इतिहास नै उनलाई रुचाउँदैन ।

विश्वमा कैयौं तानाशाहहरु थिए तर सिजस्कु जस्ता कोही थिएनन् । भन्ने गरिन्छ ६०–७० को दशकमा सिजस्कुले आम सर्वसाधारणको निगरानी एकदमै तेज प्रहरीले राखेका थिए । कारण रहेको थियो मानिस आफ्नो जीवनमा के गर्दैछन् ?

बीबीसीको एक रिपोर्ट अनुसार रोमानिया मा भारतका राजदुत बनिसकेका राजीव डोगराले बताए की सिजस्कुले पार्कमा बसेका मानिसहरुमा पनि नजर राख्नका लागि चलाख एजेन्ट खटाइएको थियो ।

सिजस्कुलाई सरसफाईको यस्तो बिमारी थियो की उनी दिनमा २० पटकभन्दा बढी आफ्नो हात धुन्थे त्यो पनि रक्सीले । खासमा उनीमा डर रहेको थियो की उनलाई कहीँ इनफ्क्सन नहोस । यस हात धुने बिमारीको कारणे जब उनी सन् १९७९ मा बेलायत गएका थिए महारानी एलिजावेथसँग भेट्नका लागि त्यतिबेला पनि हरेक व्यक्तिलाई भेट गर्दै हात मिलाएपछि रक्सीले आफ्नो हात धुन्थे ।

यहाँसम्म की उनको लागि भन्दै हात धुनका लागि मात्र भन्दै एक रक्सीको बोतल राखिएको थियो । सिजस्कुको तानाशाही यतिसम्म बढेको थियो की रोमानियामा जनताहरुले राम्रोसँग खाना पनि पाएका थिएनन्, तर फलफुल र सागसब्जी तथा मासुहरु भने अर्को देशमा पठाइन्थ्यो ।

पछि यसै तानाशाहको बिरुद्धमा जनताहरुले आवाज उठाउन थाले र ठाउँ–ठाउँमा विद्रोह पनि गरे । यसको नतिजा यो भयो की सन् १९८९ डिसेम्बर २५ मा सिजस्कु र उनको श्रीमतीलाई पक्राउ गरियो र अदालतले दुबैलाई मृत्युदण्डको सजाय सुनाइयो ।

त्यसपछि सिजस्कु र एलीनालाई गोली हानेर मारियो । यसैको साथमा सिजस्कुको तानाशाही शासनको पनि अन्त्य भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित