FLASH NEWS
  • Loading...

एएफसी एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७२ पटक पढिएको
एएफसी एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित


काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल घरेलु टिम कुवेतसँग ४-१ ले पराजित भएको हो ।

जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएको खेलमा जोर्डनविरुद्धको अघिल्लो खेलको तुलनामा नेपालले कुवेतविरुद्ध आक्रामक प्रस्तुति देखाएको थियो । तर, काउन्टर अट्याकमा आफैं गोल खायो । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गोल गरे । फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गोल गरे ।

एसियन कप छनोटमा नेपालको यो दोस्रो पटकको हार हो । पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गोल फर्काए । नेपालले ४० वर्षपछि कुवेत विरुद्ध गोल गर्न सफल भएको हो । सन् १९८२ को एसियन गेम्सका वाई बी घलेले कुवेत विरुद्ध गोल गरेका थिए । त्यो खेलमा नेपाल ३-१ ले पराजित भएको थियो । त्यसको ४० वर्षपछि नेपालका दर्शन गुरुङले कुवेत विरुद्ध गोल गरेका हुन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी मैदानमै बेहोस भए । दोस्रो हाफको सुरु भएलगत्तै अल्मुताइरी नेपालको टेक्निकल एरियामा बेहोस भएका थिए । लगत्तै मेडिकल टिमले उनलाई स्ट्रेचरमा राखेर अस्पतालतर्फ लाँदै गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखाइएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मुखमा अक्सिजन मास्क लगाइएको थियो ।

नेपालले कुवेतसँग पहिलो हाफमा १ गोल खाएको थियो । कुवेतकै नागरिक रहेका अल्मुताइरी पहिलो हाफमा रेफ्री र फोर्थ अफिसियलसँगको विवादमा तनावमा देखिएका थिए । त्यसबापत उनलाई पहेंलो कार्डसमेत देखाइएको थियो ।

पहिलो खेलमा जोर्डनसँग २-० ले हारेको नेपालले कुवेतसँगको यो खेल ४-१ गोलअन्तरले गुमाएको छ । लगातार दुई हारसँगै नेपालको एसियन कप छनोट सम्भावना समाप्त भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित