FLASH NEWS
  • Loading...

एसिसी महिला टी २० च्याम्पियनसिपमा बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८२ पटक पढिएको
एसिसी महिला टी २० च्याम्पियनसिपमा  बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । एसिसी महिला टी २० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा भएको खेलमा नेपाल बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३।४ ओभरमा पूरा गर्‍यो। नेपालका लागि सीता राना मगरले ४ तथा कविता जोशीले ३ रन बनाए। नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो। यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो। उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्।

नेपालका लागि कविता कुँवर र सबनाम राईले २९२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्। खेल निर्धारित समय अनुसार बिहान ८ स् १५ मा सुरू हुनुपर्ने थियो। तर वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल ७९७ ओभरमा छोट्याएको थियो।

समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो। यस्तै दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो। यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको हङकङले २ खेलबाट ४ अंक जोडेको छ।

कुवेत र बहराइनले समान १९१ अंक जोड्दा भुटान अंकविहिन पुछारमा छ। यो सँगै नेपाल शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेको हो। समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि २० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित