FLASH NEWS
  • Loading...

पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८० पटक पढिएको
पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडौं । संसदीय समितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम करघटाउन निर्देशन दिएको हो।

समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको भन्दै कर ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो।

‘पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन दिने, समितिको निर्देशनमा भनिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित