FLASH NEWS
  • Loading...

घट्यो पेट्रोल, डिजेल-मट्टितेलको भाउ

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८५ पटक पढिएको
घट्यो पेट्रोल, डिजेल-मट्टितेलको भाउ


काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । मूल्यवृद्धिले सर्वसाधारण मारमा परेको भन्दै विरोध भएपछि सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर घटाएर भाउ कम गराएको हो ।

पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धिले बजारमा सबै चिजको भाउ बढेपछि सत्ता गठबन्धनका शीर्ष नेतारुले त्यसबारे छलफल गरेका थिए । शीर्ष नेताहरुको बैठकपछि सरकारले कर घटाएर मूल्य कम गराएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभएको छ । मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा मन्त्री बडूले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको बताउनुभयो ।

मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १६३ कायम भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित