FLASH NEWS
  • Loading...

अर्थमन्त्री शर्माद्वारा राजीनामा

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७२ पटक पढिएको
अर्थमन्त्री शर्माद्वारा राजीनामा


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ ।

बजेट कर दर हेरफेर प्रकरणले विवादमा पर्नुभएका अर्थमन्त्री शर्माले चौतर्फी आलोचना भएपछि बुधबार पदबाट राजीनामा दिनुभएको हो । मन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानविनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

राजीनामा दिनुअघि प्रतिनिधिसभाले उनीमाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

अर्थमन्त्री शर्मामागि बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको र त्यसको आलोचना गर्दा मन्त्रालयकै सीसीटिभी फुटेज डिलिट गरेको लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित