FLASH NEWS
  • Loading...

आईसीसी क्रिकेटमा नेपाल आज र नामिबियासँग प्रतिस्पर्धा गर्दै

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८७ पटक पढिएको
आईसीसी क्रिकेटमा नेपाल आज र नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एक दिवसीय खेलमा आज नेपाल नामिबियासँग भिड्दैछ । लिग टु मा नेपाल नामिबियासँग पहिलो पटक भिड्न लागेको हो।

एक दिवसीय मान्यता पाएपछि नेपालको नामिबियासँग यो पहिलो खेल हो । नेपाल र नामिबियाबीचको प्रतिस्पर्धा दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ । लिग टु मा नेपाल र नामिबियाबीच १ अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौँ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया स्थानमा छ ।

नामिबियालाई पराजित गरेमा नेपालले अंक दूरी बढाउने छ । नामिबिया भने नेपाललाई हराएर अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ । शृंखलाको पहिलो खेलमा नामिबिया घरेलु टोली स्कटल्याण्डसँग पराजित भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित