FLASH NEWS
  • Loading...

लिग टु क्रिकेट : नेपाल नामिबियासँग ४० रनले पराजित

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७९ पटक पढिएको
लिग टु क्रिकेट : नेपाल नामिबियासँग ४० रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिगमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्याण्डमा भइरहेको सोमबारको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो । खेलमा नेपालले १८० रन मात्र बनाउन सक्यो । नामिबियाले २२१ रन पुर्याएर नेपाललाई उछिनेको हो ।

यो खेलपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । १७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार स्कटल्याण्डसँग खेल्नेछ । आरिफ शेखले संयमित भएर खेल्दै अविजित ५० रन बनाए पनि गतिलो साथ नपाउँदा र साझेदारी नबन्दा नेपाल लक्ष्यसम्म पुग्न सकेन । छैटौं नम्बरमा ब्याटिङ गरेका आरिफले ८४ बल खेल्दै २ चौका प्रहार गरे । देव खनालले ३४ र कुशल भुर्तेलले २७ रन जोडे । मिडलर अर्डर र लोअर अर्डरमा आरिफ बाहेक कसैले पनि व्यक्तिगत २० रन बनाउन सकेनन् । करण केसीले ११ बलमा १९ रन जोडेका थिए ।

नामिबियाका लागि डेभिड विजा, बर्नार्ड स्कोल्ट्स र जान फ्रांकलिनले २।२ विकेट लिए । त्यसअघि कम्बुसडुन न्यु ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबयाले ४७,।३ ओभरमा सबै विकेट गुमाएर २२० रनमा अलआउट भएको थियो । उसका लागि जान निकोल लाफ्टी एटनले सर्वाधिक ६० रन बनाए । डिभान ला कुकुले ४१ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ५४ रन खर्चिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १९१ विकेट लिए । यही खेलबाट एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका वसिर अहमदले किफायती बलिङ गर्दै ७।३ ओभरमा १८ रन मात्र खर्चिएर १ विकेट लिए । आरिफ शेखले क्रेग विलियम्सलाई डाइरेक्ट हिटमार्फत रनआउट गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित