FLASH NEWS
  • Loading...

मुलुकको बेरुजू ८ खर्ब २९ अर्ब नाघ्यो

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७५ पटक पढिएको
मुलुकको बेरुजू ८ खर्ब २९ अर्ब नाघ्यो

|sf7df8f}F, @( c;f/M /fi6«klt e08f/L;dIf dxfn]vf kl/Ifs sfof{nosf] k|ltj]bg k]z /fi6«klt ljBfb]jL e08f/L;dIf /fi6«klt ejg zLtnlgjf;df a'waf/ dxfn]vf kl/Ifs sfof{nosf] %(cf}F k|ltj]bg k]z ub}{ dxfn]vfk/LIfs 6ªsdl0f zdf{ b+ufn . tl:a/ M k|bLk/fh jGt÷/f;;


काठमाडौं । मुलुकको बेरुजू ८ खर्ब २९ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ । सत्तारुढ दलहरुले सुशासनको दाबी गरिरहे पनि मुलुकमा बेरुजु ह्वात्तै बढेको छ । महालेखा परीक्षकको कार्यालयले बेरुजु बढिरहेको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन सरकारका मन्त्रीहरुले अघिल्लो सरकारको तुलनामा अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रण गरेको र सुशासन कायम गरेको भनिरहेको बेला महालेखाले बेरुजु ह्वात्तै बढेको तथ्यांक सार्वजनिक गरेको हो ।

महालेखाले ५९औँ वार्षिक प्रतिवेदन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएसँगै बेरुजुको अवस्था सार्वजनिक भएको छ।

प्रतिवेदनमा बेरुजु ८ खर्ब २९ अर्ब ३५ करोड रुपैयाँ पुगेको उल्लेख गरिएको छ । यो आर्थिक वर्ष २०७७, ०७८ सम्मको बेरुजु हो। महालेखाका अनुसार अघिल्लो आर्थिक वर्षसम्म बेरुजु ६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको थियो।

गत वर्षसम्मको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोडमा फस्यौट तथा समायोजन गरिएको अङ्क ५० अर्ब २९ करोड घटाई यो वर्ष थप भएको १ खर्ब १५ अर्ब ५ करोडसमेत ४ खर्ब ८३ अर्ब ५९ करोड बाँकी रहेको छ।

खापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ४ अर्ब २० करोड असुल भएको छ। अद्यावधिक कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम गत वर्षसम्म ६ खर्ब ७६ अर्ब ४१ करोड रहेकोमा यो वर्ष ८ खर्ब २९ अर्ब १५ करोड पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित