FLASH NEWS
  • Loading...

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानविन, प्रयोगशालाले समितिलाई रिपोर्ट बुझायो

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८२ पटक पढिएको
निवर्तमान अर्थमन्त्री शर्मामाथि छानविन, प्रयोगशालाले समितिलाई रिपोर्ट बुझायो

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको विवाद सम्बन्धी सिसिटीभी फुटेजको विवरण नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले संसदीय छानविन विशेष समितिलाई बुझाएको छ।

प्रयोगशालाले बुझाएको विवरणबारे समितिको मंगलबारको बैठकमा छलफल हुने भएको छ । विवरणबारे भोलि छलफल हुने छानविन समितिका सदस्य सीताराम महतोले जानकारी दिनुभएको छ । ‘फरेन्सिक ल्याबले आज विवरण दिएको छ, उहाँले भन्नुभयो( अब भोलि बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुनेछ ।ु

बजेट तयार पार्ने बेला अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा निर्क्यौलका लागि मन्त्रालयको सिसिटिभी फुटेज छानविनका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो। सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो। यस विषयमा समितिले पूर्व अर्थमन्त्री शर्माको बयान लिँदा आफू जानकार नरहेको भन्दै विज्ञसँग परामर्श गर्न भन्नु भएको थियो ।

मन्त्रालयको सिसिटिभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलको सम्भावना नरहेको देखेपछि छानविन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको हो।। समितिले पूर्वी र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज मगाएको हो।

शर्मामाथि आर्थिक वर्ष २०७९र८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिमार्फत् राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ। प्रकरणमा छानविनका लागि संसदीय विशेष समिति गठन भएको हो। समितिलाई पहिलो पटक अनुसन्धानका निम्ति १० दिनको समय थियो। त्यसअवधिमा अनुसन्धान प्रक्रिया नटुंगिएपछि ५ साउनमा समितिको म्याद थप गरिएको थियो। थपिएको साता दिनभित्र अनुसन्धानलाई पूर्णता दिने तयारी रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित