FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीलाई चोर भन्दा राहुल गान्धीलाई २ वर्ष जेल

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४३ पटक पढिएको
प्रधानमन्त्रीलाई चोर भन्दा राहुल गान्धीलाई २ वर्ष जेल

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई अदालतले २ वर्षको जेल सजाय तोकेको छ । कांग्रेस नेता गान्धीलाई प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई अदालतले जेल सजाय तोकेको हो ।

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमति समेत दिएको छ । अदतालतको सजाय पछि कांग्रेस नेता गान्धीले धरौटी बुझाएका छन् ।

नेता गान्धीले सन् २०१९ मा प्रधानमन्त्री मोदी विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर मानहानीको मुद्दा दायर भएको थियो ।

गान्धीले एउटा भाषणमाले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है रु ९सबै चोरको थर मोदी किन हुन्छ रु’ भनी बोलेका थिए । राहुलले २०१९ मा कर्नाटकमा आयोजित चुनावी सभामा त्यस्तो बेलोका हुन् । त्यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।

चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । फैसला आउँदा राहुल अदालतमा उपस्थित थिए । गुजरात कांग्रेसका थुप्रै नेताहरू उनीसँग थिए । बाहिर समर्थकहरूले उनको पक्षमा नारा लगाइरहेका थिए । फैसला अनुसार गान्धी एक महिनासम्म पक्राउ पर्ने छैनन् । यो बीचमा उनले पुनरावेदन गर्न सक्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित