FLASH NEWS
  • Loading...

२८ ओटा भर्ना केन्द्रमा नेपाली सेनाले ४५ सय नयाँ भर्ना खोल्यो, आवेदन म्याद कैलेसम्म ?

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८६ पटक पढिएको
२८ ओटा भर्ना केन्द्रमा नेपाली सेनाले ४५ सय नयाँ भर्ना खोल्यो, आवेदन म्याद कैलेसम्म ?

काठमाडौँ – नेपाली सेनाले चार हजार पाँच सय जनाको निम्ति नयाँ भर्नाको निम्ति विज्ञापन गरेको छ । सेनाले मुलुकभरका २८ वटा भर्ना केन्द्रमा सैन्य पदको निम्ति भर्ना आवेदन माग गरेको जनाएको छ ।

सेनाले सैन्य परिवारको निम्ति २२५, खुल्ला दुई हजार ३५१, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जना माग गरिएको छ । यीमध्ये सबैभन्दा धेरै सुर्खेत र कास्कीमा ३५० जनाको दरले र उदयपुरमा ३०० जना भर्ना गरिने बताइएको छ ।

१८ वर्ष पूरा भएको तर २२ वर्ष ननाघेकाले मात्र आवेदन गर्न पाउने छन् । आवेदन फारम अनलाइनबाट पनि भर्न सकिने सेनाको छनौट निर्देशनालय, कार्य रथी विभागले जनाएको छ । फारम भर्ने अन्तिम म्याद जेठ १४ गते तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित