FLASH NEWS
  • Loading...

भोलिदेखि सिस्डोल र बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न नपाइने

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • १४० पटक पढिएको
Post Thumbnail

काठमाडौं_ सिस्डोल र बन्चरेडाँडा भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न नदिने तयारी गरिएको छ । ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले फोहोर फ्याँक्न नदिने चेतावनी दिएका हुन् ।

ककनी गाउँपालिका९३ का वडाअध्यक्ष घननाथ बजगाईँले भोलिदेखि काठमाडौंबाट आएको फोहोर सिस्डोल र बन्चरे डाडाँ फाल्न नदिने बताए । उनले भने, ‘हामीलाई स्थानीयले आएर धेरै पटक गुनासो गरेको तर, सरकारले केही गर्ला कि भनेर हामीले आशा गरेका थियौं । अब त्यो आसा हराएको छ । अबको लडाइँ भनेको फोहोर र मान्छे छुट्ट्याउने लडाइँ हो ।’

डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको उनको भनाइ छ । सहरी विकास मन्त्रीको ध्यानाकर्षण गराउन समय लिएर गएपनि भेट्न नसकेको बजगाईँले बताए ।

‘फोहोरकै असरका कारण मूत्युसमेत भएकाले अब काठमाडौं नै भोलिबाट काठमाडौं फोहोर बोकेर आएको गाडीलाई फोहोर फाल्न नदिई फर्काइदिन्छौं’, उनले बताए । धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गर्न लागिएको बताए ।

फोहोरको गन्ध र त्यहाँबाट निस्किएको लेदोले खेतीपातीसमेत प्रभावित भएको उनको भनाइ छ । नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरू बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित